पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दार गर्न रास्वापाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधसभामा बोल्दै उनले विद्यार्थीहरूको उद्दारको माग गरेका हुन् । ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्दारको माग गर्नुभएको छ । तुरून्त उद्दार र सुरक्षाको पहल होस्,’ उनले भने । खनालले सार्क अध्यक्षको नाताले क्षेत्रीय शान्ति […]

May 9, 2025 - 07:15
 0
पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दार गर्न रास्वापाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधसभामा बोल्दै उनले विद्यार्थीहरूको उद्दारको माग गरेका हुन् ।

‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्दारको माग गर्नुभएको छ । तुरून्त उद्दार र सुरक्षाको पहल होस्,’ उनले भने ।

खनालले सार्क अध्यक्षको नाताले क्षेत्रीय शान्ति र स्थितरताको पक्षमा नेपालले वक्तव्य सार्वजनिक गर्नु स्वागतयोग्य भएको उनले बताए । ‘भारत-पाकिस्तानबीच “युद्व” को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखला को असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने ।

संसदलाई समग्र परिस्थितिको मुल्यांकन र तयारीबारे सरकारले जानकारी गराउनुपर्ने उनको भनाइ छ । २६ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको विरूद्धमा भारतले अपरेशन सिन्दुर चलाइरहेको छ । भारत र पाकिस्तानले एक अर्काविरूद्ध गएराति भीषण हमला गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register