यी हुन् वर्ष २०८१ का नेपाली राजनीतिका प्रमुख २१ घटना

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]

Apr 12, 2025 - 06:14
 0
यी हुन् वर्ष २०८१ का नेपाली राजनीतिका प्रमुख २१ घटना

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।

मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने ।

राजनीतिक घटनाक्रम

वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी ।

वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी ।

वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।

जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।

जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।

जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।

जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।

जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।

असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।

असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।

असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।

असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।

असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।

साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।

साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।

साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।

भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।

पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।

चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।

चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यू आदेश ।

चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register