विद्युत् प्राधिकरणले तिरेन १ खर्ब २४ अर्बभन्दा बढी ऋण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारलाई १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले सरकारको सावाँ तथा ब्याजसमेत १ खर्ब २४ अर्ब ४ करोड बक्यौता रहेको उल्लेख छ । अर्थ मन्त्रालय र मातहातका निकायले ४ खर्ब ३५ अर्बभन्दा बढी राजस्व तथा भाखा […]

May 14, 2025 - 12:18
 0
विद्युत् प्राधिकरणले तिरेन १ खर्ब २४ अर्बभन्दा बढी ऋण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारलाई १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले सरकारको सावाँ तथा ब्याजसमेत १ खर्ब २४ अर्ब ४ करोड बक्यौता रहेको उल्लेख छ ।

अर्थ मन्त्रालय र मातहातका निकायले ४ खर्ब ३५ अर्बभन्दा बढी राजस्व तथा भाखा नाघेको ऋणको सावाँ ब्याज असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register