राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति उद्योगमन्त्रीको आपत्ति

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका छन् । वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका हुन् । उनले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई ‘बिचौलिया’ भनिएकोप्रति आपत्ति जनाउँदै त्यसो नभन्न र नगर्न […]

May 15, 2025 - 07:21
 0
राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति उद्योगमन्त्रीको आपत्ति

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका छन् । वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई ‘बिचौलिया’ भनिएकोप्रति आपत्ति जनाउँदै त्यसो नभन्न र नगर्न पनि आग्रह गरेका छन् ।

त्यस्तै, उद्योगमन्त्री भण्डारीले राजनीतिक सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने पनि बताएका छन् । उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको प्रशंसा गर्दै उद्योगीहरुका माग सम्बोधन गर्दा दलाल, बिचौलियासँग सरकारको मिलेमतो छ भन्नू गलत भएको भन्दै आपत्ति जनाएका छन् ।

नेपालको खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भण्डारीको भनाई छ । उनले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले लगानी प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको भन्दै जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरिएको पनि दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register