रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो, भोलि पेसी

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको छ । मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले यसअघि कारण देखाउसँगै अदालत उपस्थित गराउन आदेश दिएको थियो । त्यहीअनुसार मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी […]

May 15, 2025 - 13:19
 0
रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो, भोलि पेसी

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको छ ।

मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले यसअघि कारण देखाउसँगै अदालत उपस्थित गराउन आदेश दिएको थियो । त्यहीअनुसार मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरण रिटसम्बन्धी मामिला हेर्ने शाखामा उनको रिट पेस भएको छ । सूचना अधिकारी पाण्डेका अनुसार मिश्रको रिटमाथि सुनुवाइ गर्न शुक्रबार पेसी तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register