रविको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

कास्की । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।  उच्च अदालत पोखराले लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको हो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने […]

May 18, 2025 - 09:36
 0
रविको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

कास्की । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।  उच्च अदालत पोखराले लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको हो ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेका छन् ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए ।  आइतबारका उच्च अदालतले मसिल प्रमाण झिकाउन भनेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले  पुस २५ मा  लामिछानेलाई ६५ लाख धरौटीमा तारेखमा छाड्न आदेश दिएको थियो । उक्त आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।  लामिछानेले आफू सामान्य तारिखमा रिहा हुनुपर्ने माग गरेका थिए ।  सरकारी वकिलले उनलाई थुनामै राख्नुपर्ने माग गरेका थिए ।  दुवै निवेदनमाथि बिहीबारबाट सुनुवाइ सुरु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register