मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो । पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह […]

Feb 12, 2025 - 07:43
 0
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह र सिम्रौनगढ- ४ का शशी मुखिया रहेका छन् ।

उनीहरूलाई प्लाष्टिकले बेरेर राखेको अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी सोही स्थानमा तीन केजी २०० ग्राम लागुओषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

मनहरी- ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा लुकाइ ल्याएको उक्त गाँजासहित पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register