पशुपति बालुवाखानी भ्रष्टाचार प्रकरण: एमाले नेता कुइँकेल दोषी ठहर, ६ वर्ष कैद

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेललाई दोषी ठहर गरेको छ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज […]

Feb 12, 2025 - 16:54
 0
पशुपति बालुवाखानी भ्रष्टाचार प्रकरण: एमाले नेता कुइँकेल दोषी ठहर, ६ वर्ष कैद

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेललाई दोषी ठहर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले यस्तो निर्णय गरेको हो ।

सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ। उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

कुइँकेल तत्कालीन नेकपा एमाले काठमाडौं–४ का अध्यक्ष हुन् । त्यस्तै सर्वोच्चले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई पनि ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । सर्वोच्चले उनलाई त्यति नै जरिवाना पनि सुनाएको छ।  उनलाई ६ वर्ष कैद सजाय सुनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register