एक लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भए रेशमलाई थुनाउने महिमानसिंह विष्ट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी अवैध पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । उनलाई जिल्ला अदालतले सोमबारै १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको हो । १७ […]

May 19, 2025 - 14:18
 0
एक लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भए रेशमलाई थुनाउने महिमानसिंह विष्ट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी अवैध पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । उनलाई जिल्ला अदालतले सोमबारै १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको हो ।

१७ वैशाखमा विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । उनले अनधिकृत रूपमा पत्र काटेको पाइएको थियो । सर्वोच्चको अर्को पत्रपछि चौधरी पक्राउ परेर सोही दिन छुटेका थिए ।

विष्टले अनधिकृत रूपमा पत्र लेखेको पुष्टि भएपछि उनी पक्राउ गरेका थिए ।

उनीमाथि प्रहरीले किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register