सेयर बजारमा हरियाली, ७ अर्ब ३१ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 20, 2025 - 10:48
 0
सेयर बजारमा हरियाली, ७ अर्ब ३१ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register