सगरमाथा आरोहण गरेर इतिहास रच्ने पहिलो सीआईएफसी कर्मचारी बनिन् गीता

काठमाडौं । भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएफसी)की महिला उप–निरीक्षक गीता समोताले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर इतिहास रचेकी छिन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो सीआईएफसी कर्मचारी बनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । गीताले सगरमाथाको आरोहण सोमबार गरेकी थिइन् । भारतीय सशस्त्र प्रहरी बलको एउटा निकाय सीआईएफसीले इन्स्टाग्राममा पोस्ट गर्दै गीतालाई बधाई दिएको छ […]

May 20, 2025 - 11:42
 0
सगरमाथा आरोहण गरेर इतिहास रच्ने पहिलो सीआईएफसी कर्मचारी बनिन् गीता

काठमाडौं । भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएफसी)की महिला उप–निरीक्षक गीता समोताले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर इतिहास रचेकी छिन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो सीआईएफसी कर्मचारी बनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

गीताले सगरमाथाको आरोहण सोमबार गरेकी थिइन् । भारतीय सशस्त्र प्रहरी बलको एउटा निकाय सीआईएफसीले इन्स्टाग्राममा पोस्ट गर्दै गीतालाई बधाई दिएको छ ।

राजस्थानको सिकर जिल्लाको चक गाउँकी गीता २०११ मा (सीआईएफसीमा भर्ना भएकी थिइन् ।

२०१५ मा उनी औलीस्थित इन्डो–तिब्बती सीमा प्रहरी (आईटीबीपी) प्रशिक्षण संस्थानमा आबद्ध थिइन् । ६ हप्ताको आधारभूत पर्वतारोहण कोर्सका लागि उनी छनोट भएकी थिइन् । उनी आफ्नो ब्याचमा एक मात्र महिला सहभागी थिइन् ।

गीताले सन् २०१७ मा उन्नत पर्वतारोहणको तालिम पूरा गरेकी थिइन् । उनी त्यसो गर्ने पहिलो सीआईएफसी कर्मचारी बनिन् ।

गीताले सगरमाथाबाहेक पनि धेरै हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।

‘गीता समोताको ऐतिहासिक सफलताबाट प्रेरित भएर हामीले २०२६ मा सगरमाथा आरोहण गर्न टोली पठाउने योजना बनाएका छौं,’ सीआईएफसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सोमबार नै भारतीय सेनाका एकजना उच्च अधिकृतले कञ्चनजंघाको सफल आरोहण गरेका थिए ।

भारतीय सेनाका कर्नेल सरफराज सिंह, क्याप्टेन प्रशान्त खाँका र चारजना जवानले कञ्चनजंघाको सफलतापूर्व आरोहण गरेका हुन् । उनीहरूले नेपाली सेनाका तीनजना जवानसँगै कञ्चनजंघाको आरोहरण गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register