उपाधिका लागि थाइल्यान्डविरुद्ध नेपालले पायो १५९ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप महिला टी–२० एसिया क्वालिफायरको उपाधिका लागि नेपालले थाइल्यान्डविरुद्ध १५९ रनको विशाल लक्ष्य पाएको छ । ग्लोबल क्वालिफायरमा पुगिसका नेपाल र घरेलु टिम थाइल्यान्डबीच मंगलबार सुपर थ्रीको अन्तिम खेल भइरहेको छ । थाइल्यान्डमा भइरहेको खेलमा नेपालले टस जितेर थाइल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जसमा थाइल्यान्डले २ विकेटको क्षतिमा १५९ रन […]

May 20, 2025 - 05:45
 0
उपाधिका लागि थाइल्यान्डविरुद्ध नेपालले पायो १५९ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप महिला टी–२० एसिया क्वालिफायरको उपाधिका लागि नेपालले थाइल्यान्डविरुद्ध १५९ रनको विशाल लक्ष्य पाएको छ । ग्लोबल क्वालिफायरमा पुगिसका नेपाल र घरेलु टिम थाइल्यान्डबीच मंगलबार सुपर थ्रीको अन्तिम खेल भइरहेको छ ।

थाइल्यान्डमा भइरहेको खेलमा नेपालले टस जितेर थाइल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जसमा थाइल्यान्डले २ विकेटको क्षतिमा १५९ रन बनाएको छ । थाइल्यान्डका लागि नत्ताया बुचथाम र नानापट कोन्चारोन्काइले अर्धशतक बनाएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो ।

नेपालका लागि राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए । सुपर थ्रीमा यूएईलाई पराजित गरी नेपाल र थाइल्यान्ड दुवै ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् । यो खेल जित्ने टिमले एसिया क्वालिफायरको उपाधि जित्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register