यस वर्षको बालोन डि’ओर सेप्टेम्बर २२ मा हुने, महिला फुटबलका लागि ‘ऐतिहासिक निर्णय’

पेरिस । यस वर्ष अर्थात् सन् २०२५ को बालोन डि’ओर वितरण समारोह सेप्टेम्बर २२ तारिखमा पेरिसको थियात्रे डु शात्लेमा आयोजना हुने भएको छ । यो मिति अघिल्ला संस्करणहरूभन्दा करिब एक महिना अगाडि सारिएको आयोजक फ्रान्स फुटबलले जनाएको छ । पछिल्ला केही वर्षहरूमा यो कार्यक्रम अक्टोबरको अन्त्यतिर गरिँदै आइएको थियो । यस वर्षको अवार्डको सबैभन्दा महत्वपूर्ण […]

May 20, 2025 - 13:03
 0
यस वर्षको बालोन डि’ओर सेप्टेम्बर २२ मा हुने, महिला फुटबलका लागि ‘ऐतिहासिक निर्णय’

पेरिस । यस वर्ष अर्थात् सन् २०२५ को बालोन डि’ओर वितरण समारोह सेप्टेम्बर २२ तारिखमा पेरिसको थियात्रे डु शात्लेमा आयोजना हुने भएको छ । यो मिति अघिल्ला संस्करणहरूभन्दा करिब एक महिना अगाडि सारिएको आयोजक फ्रान्स फुटबलले जनाएको छ ।

पछिल्ला केही वर्षहरूमा यो कार्यक्रम अक्टोबरको अन्त्यतिर गरिँदै आइएको थियो ।

यस वर्षको अवार्डको सबैभन्दा महत्वपूर्ण विशेषता लैंगिक समानता रहेको छ । पहिले पुरुषहरूलाई मात्र दिइँदै आएका सर्वश्रेष्ठ गोलकिपर, उत्कृष्ट युवा खेलाडी र

सर्वाधिक गोलकर्ताजस्ता उपाधि अबदेखि महिलाहरूलाई पनि दिइने छ ।

बालोन डि’ओरका लागि मनोनयनमा पर्ने खेलाडीहरूको नाम अगस्ट १५ भित्र सार्वजनिक गरिनेछ । यसअघि क्लब विश्वकप र नेसन्स लिग फाइनल फोरका खेल सम्पन्न हुनेछन् ।

यसपटकको बालोन डि’ओरमा कुनै स्पष्ट मनोनीत छैनन् । यसैले यो संस्करण हालसम्मकै सबैभन्दा खुला र प्रतिस्पर्धात्मक मानिएको छ ।

सम्भावित विजेताको रूपमा चर्चामा आएका खेलाडीहरूमा लामिन यमाल, राफिन्हा, उस्मान डेम्बेले, लाउटारो मार्टिनेज, ह्यारी केन, पेड्री, रोबर्ट लेवान्डोस्की र किलियन एम्बाप्पेजस्ता नामहरू अगाडि छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register