गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । भूमी सम्बन्धी विधेयक विचार गरियोस् प्रस्ताव पेसका लागि गणपूरक संख्या नपुगेको हो । नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्ताव पेसका लागि एक चौथाइ सांसद संख्या अनिवार्य छ । संख्या कम देखेपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले […]

May 20, 2025 - 11:21
 0
गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । भूमी सम्बन्धी विधेयक विचार गरियोस् प्रस्ताव पेसका लागि गणपूरक संख्या नपुगेको हो । नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्ताव पेसका लागि एक चौथाइ सांसद संख्या अनिवार्य छ । संख्या कम देखेपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

त्यसपछि सभामुखले तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गर्दा सांसद संख्या ६५ मात्रै थियो ।  संसद सञ्चालनका लागि ६९ सांसद हुनुपर्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register