अमेरिकाको न्यू अर्लिन्समा भीडमा ट्रक चलाउने व्यक्तिको पहिचान खुल्यो
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा पिक–अप ट्रक भिडमा चलाउने व्यक्तिको पहिचान खुलेको छ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आरोपित चालक ४२ वर्षीय शमसुद्दीन जब्बार रहेको र उनी सिपाही भएको बताएको छ । अभियुक्त टेक्सासका बासिन्दा हुन् । प्रहरीको गोली लागेर जब्बारको मृत्यु भइसकेको छ । अभियुक्तसँग षड्यन्त्रमा अन्य कोही संलग्न थिए वा थिएनन् […]

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा पिक–अप ट्रक भिडमा चलाउने व्यक्तिको पहिचान खुलेको छ ।
अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आरोपित चालक ४२ वर्षीय शमसुद्दीन जब्बार रहेको र उनी सिपाही भएको बताएको छ ।
अभियुक्त टेक्सासका बासिन्दा हुन् । प्रहरीको गोली लागेर जब्बारको मृत्यु भइसकेको छ ।
अभियुक्तसँग षड्यन्त्रमा अन्य कोही संलग्न थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ ।
एफबीआईले अभियुक्तको गाडीमा चरमपन्थी सङ्गठन आईएसको झण्डा भेटिएको बताएको छ । यसबाहेक हतियार पनि बरामद भएको छ ।
अभियुक्तले किन आक्रमण गरे भन्ने खुल्न सकेको छैन ? यस विषयमा अनुसन्धान जारी छ ।
घटनामा १५ जनाको मृत्यु भएको थियो । राष्ट्रपति जो बाइडनले आक्रमणकारीलाई चरमपन्थी सङ्गठन आईएसबाट प्रभावित भएको बताएका छन् ।
What's Your Reaction?






