बेलायतका विभिन्न ठाउँमा महाशिवरात्रीको रौनक (तस्विर)

लन्डन- महाशिवरात्री पर्व बुधबार बेलायतका नेपालीले पनि धुमधामसंग मनाएका छन्। लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसटको शिव कल्चरल सेन्टरसहित स्कटल्यान्ड, बर्मिङहमलगायतका क्षेत्रमा पनि स्थानीय नेपाली मन्दिरहरुमा विविध कार्यक्रमसहित शिवरात्री मनाइएको छ। लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा शिवरात्रीका दिन बिहानदेखि बेलुकासम्मकै लागि पूजाआजा , भजनकिर्तनलगायतका कार्यक्रम निरन्तर छन् । पण्डित निलहरि घिमिरेले चार प्रहरका छुट्टाछुट्टै चार विशेष पूजा […]

Feb 26, 2025 - 16:57
 0
बेलायतका विभिन्न ठाउँमा महाशिवरात्रीको रौनक (तस्विर)

अल्डरसट

लन्डन- महाशिवरात्री पर्व बुधबार बेलायतका नेपालीले पनि धुमधामसंग मनाएका छन्।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसटको शिव कल्चरल सेन्टरसहित स्कटल्यान्ड, बर्मिङहमलगायतका क्षेत्रमा पनि स्थानीय नेपाली मन्दिरहरुमा विविध कार्यक्रमसहित शिवरात्री मनाइएको छ।

लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा शिवरात्रीका दिन बिहानदेखि बेलुकासम्मकै लागि पूजाआजा , भजनकिर्तनलगायतका कार्यक्रम निरन्तर छन् ।

पण्डित निलहरि घिमिरेले चार प्रहरका छुट्टाछुट्टै चार विशेष पूजा गरिने जानकारी दिए। घिमिरेसंगै पण्डित विनोद पन्थी, आनन्द लोहनीलगायतले शिवरात्री विशेष पूजा सञ्चालन गरेका छन।

लन्डन पशुपतिनाथ मन्दिरमा बिहान बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसमेत परिवारसहित आएर पूजामा सहभागी भएका थिए ।

बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे लन्डन पशुपतिनाथ मन्दिरमा

पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपाल अर्यालले प्रतिकुल मौसमका बाबजुद बिहानैदेखि दर्शनार्थीको घुइंचो लागेको बताए । गत वर्ष शिवरात्रीमा १२ सयले दर्शन गरेको स्मरण गर्दै उनले यसपटक पनि त्यत्तिकै संख्यामा दर्शनार्थीले मन्दिर दर्शन गर्ने अपेक्षा गरेको सुनाए।

अध्यक्ष अर्यालले शिवरात्री पूजाका लागि पशुपतिनाथ मन्दिरमा आसपाका क्षेत्रबाहेक केन्ट, नर्थ लन्डन र पिटरबरोसम्मबाट दर्शनार्थी आएका छन् । मन्दिरको व्यवस्थापनमा सबे दर्शनार्थीलाई चिया, प्रसाद, फलफूल वितरण गरिएको छ।

त्यस्तै, अल्डरसटस्थित शिव कल्चरल सेन्टरको मन्दिर पनि शिवरात्रीका दिन बिहान ७ बजेदेखि मध्यरातसम्मका लागि खुला राखिएको छ।

सेन्टर अध्यक्ष विक्रम भट्टराईले मन्दिरमा चार प्रहरमा छुट्टाछुट्टै चार वटा रुद्राभिषेक पूजा सञ्चालन गरिएको जानकारी दिए। दिउँसोसम्मै एक हजार बढीले मन्दिर दर्शन गरिसकेको उनले बताए।

मन्दिरमा दर्शन गर्न अल्डरसट र आसपासका क्षेत्रका साथै साउथहल, स्लाओ, रेडिङ, स्वीन्डन, बाथसम्मका स्थानबाट नेपालीहरु भेला भएको अध्यक्ष भट्टराईले जनाए ।
दर्शनार्थीका लागि मन्दिर परिसरमै तयार गरेर चिया, प्रसाद वितरण गरिएको छ।

उता, ग्लास्गोको पशुपतिनाथ मन्दिरमा पनि शिवरात्री विशेष कार्यक्रमसहित मनाइएको छ । मन्दिरमा लाखबत्ती, रुद्रीपूजालगायतका कार्यक्रम गरिएको छ ।

अल्डरसट:

लन्डन प्लमस्टिड:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register