सुनको मूल्यमा रेकर्ड ब्रेक, बन्यो अहिलेसम्मकै महङ्गो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले बढेको छ । सुन तोलाको १ लाख ७४ हजा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि १३ फागुनमा सुन तोलाको १ […]

Mar 14, 2025 - 05:11
 0
सुनको मूल्यमा रेकर्ड ब्रेक, बन्यो अहिलेसम्मकै महङ्गो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले बढेको छ ।

सुन तोलाको १ लाख ७४ हजा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि १३ फागुनमा सुन तोलाको १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register