सरकारको कार्यशैलीप्रति विराजभक्तको व्यंग्य : सुखी विचौलिया खुशी माफिया
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् । गभर्नर नियुक्तिमा भागबनन्डाले ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति संसदमा व्यंग्य गरे । यस्तै आइपिओ जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन रहेकोप्रति उनले आपत्ति व्यक्त […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् ।
गभर्नर नियुक्तिमा भागबनन्डाले ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति संसदमा व्यंग्य गरे । यस्तै आइपिओ जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन रहेकोप्रति उनले आपत्ति व्यक्त गरेका छन् । ‘सरकारको कार्यशैली कस्तो हो साच्चिकै सुखी विचौलिया खुशी माफिया हो त?’उनको प्रश्न छ ।
सरकारले नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदालाई वेवास्ता गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकालाई अर्को चुनाव नभएर अर्को पुस्तालाई सोचेर राजनीति गर्न पनि सुझाएका छन् ।
What's Your Reaction?






