सुनील शेट्टी भन्छन् – परेश र अक्षय कुमारबीच दुश्मनी चाहन्नँ

काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टीले परेश रावलले फिल्म ‘हेरा फेरी ३’ छोड्ने निर्णयबाट आफू दुःखी भएको बताएका छन् । ‘हेरा फेरी’ र ‘फिर हेरा फेरी’मा ‘बाबुराव’ को भूमिका निर्वाह गरेका परेशले हालै ‘हेरा फेरी ३’ को हिस्सा नहुने घोषणा गरेका छन् । दुवै फिल्ममा ‘श्याम’को भूमिका निर्वाह गरेका सुनिलले यसबारे प्रतिक्रिया दिएका छन् । […]

May 21, 2025 - 12:32
 0
सुनील शेट्टी भन्छन् – परेश र अक्षय कुमारबीच दुश्मनी चाहन्नँ

काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टीले परेश रावलले फिल्म ‘हेरा फेरी ३’ छोड्ने निर्णयबाट आफू दुःखी भएको बताएका छन् ।

‘हेरा फेरी’ र ‘फिर हेरा फेरी’मा ‘बाबुराव’ को भूमिका निर्वाह गरेका परेशले हालै ‘हेरा फेरी ३’ को हिस्सा नहुने घोषणा गरेका छन् ।

दुवै फिल्ममा ‘श्याम’को भूमिका निर्वाह गरेका सुनिलले यसबारे प्रतिक्रिया दिएका छन् ।

सुनील आजकल आफ्नो फिल्म ‘केसरी वीर: द लेजेन्ड अफ सोमनाथ’ को प्रचारमा छन् । फिल्मको प्रमोशनल कार्यक्रमको क्रममा उनलाई ‘हेरा फेरी ३’ र परेश रावलको यसबाट अलग भएको बारेमा प्रश्न गरिएको थियो ।

यसको जवाफमा उनले भने, “म दु:खी छु, तर मलाई विश्वास छ कि सबै ठीकठाक हुनेछ… यदि फिल्म बनेन भने पनि म परेश र अक्षय (कुमार)बीच कुनै दुश्मनी चाहन्नँ ।”

यता, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा उनले फिल्मको छायाङ्कन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारु माग गरेका छन् ।

अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register