वार्तामार्फत शिक्षकका माग सम्बोधन गर्न उपेन्द्र यादवको सुझाव

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न जरुरी रहेको बताए । “मुलुकको विकास, परिवर्तन […]

Apr 7, 2025 - 13:06
 0
वार्तामार्फत शिक्षकका माग सम्बोधन गर्न उपेन्द्र यादवको सुझाव

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न जरुरी रहेको बताए ।

“मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै हो, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्न जरुरी छ”, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register