गाईघाटबाट बिराटनगर आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा, १४ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाईघाटबाट विराटनगर आउँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार मृत्यु भएका एक पुरुष र [...] The post गाईघाटबाट बिराटनगर आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 27, 2025 - 10:42
 0
गाईघाटबाट बिराटनगर आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा, १४ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगर आउँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार मृत्यु भएका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ ।

घाइते हुनेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, सप्तकोशी नगरपालिका–१ का २६ वर्षीया चेतना भट्टराई, झापा ३ निवासी मनोज भट्टराई, अज्ञात ठेगानाका मिना भट्टराई,तत्काल नाम, ठेगाना नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनलाई गोल्डेन अस्पताल, विराटनगर पठाइएको, उदयपुर, चौदण्डीगढी नगरपालिका–५ निवासी ५९ वर्षीया कमला भुसाल रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको र विस्तृत विवरण सङ्कलनको कार्य जारी रहेको छ। दुर्घटनामा बसका चालक फरार रहेका र खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

The post गाईघाटबाट बिराटनगर आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register