उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग 

काठमाडौँ । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी छिन् ।  आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी हुन् । उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको तिमिल्सनाले बताएकी छिन् । सामाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै […]

Mar 9, 2025 - 11:12
 0
उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग 

काठमाडौँ । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी छिन् । 

आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी हुन् ।

उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको तिमिल्सनाले बताएकी छिन् । सामाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको र दुःखद रहेको उनले बताएकी छिन् । 

उनले उद्योग यथाशीघ्र सञ्चालन गरेर श्रमिकमाथि खेलवाड नगर्न पनि सरकारसँग माग गरेकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register