अहमदाबाद प्लेन दुर्घटनामा बचेका भन्छन्, ‘उडेको ३० सेकेन्डमै विष्फोट भयो’

झापा, २९ जेठ । आज भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बच्न सफल भएका छन्। बाँकी सबैको निधन भएको जनाइएको छ। यसअघि स्थानिय प्रहरीले सबैको मृत्य भएको बताएको थियो। तर ति यात्रु जिवित रहेको प्रहरीले पछि सार्वजानिक गरेको हो। भारतीय समाचार एजेन्सी ९एनआइ० लाइ प्रहरी आयुक्त जीएस मलिकले दिएको जानकारी अनुसार लन्डन [...] The post अहमदाबाद प्लेन दुर्घटनामा बचेका भन्छन्, ‘उडेको ३० सेकेन्डमै विष्फोट भयो’ appeared first on Jhapa Online.

Jun 12, 2025 - 17:29
 0
अहमदाबाद प्लेन दुर्घटनामा बचेका भन्छन्, ‘उडेको ३० सेकेन्डमै विष्फोट भयो’

झापा, २९ जेठ । आज भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बच्न सफल भएका छन्। बाँकी सबैको निधन भएको जनाइएको छ। यसअघि स्थानिय प्रहरीले सबैको मृत्य भएको बताएको थियो।

तर ति यात्रु जिवित रहेको प्रहरीले पछि सार्वजानिक गरेको हो। भारतीय समाचार एजेन्सी ९एनआइ० लाइ प्रहरी आयुक्त जीएस मलिकले दिएको जानकारी अनुसार लन्डन जाँदै गरेको बोइङ ७८७–८ विमानमा सीट नम्बर ११ ए मा रहेका एक यात्रु जीवित भेटिएका हुन्।

प्राधिकरणहरूले सार्वजनिक गरेको फ्लाइट म्यानिफेस्टअनुसार सो सीटमा ब्रिटिश नागरिक विश्वास कुमार रमेश सवार थिए। भारतीय सञ्चारमाध्यमहरूले अस्पतालमा रहेका रमेशसँग कुराकानी गरेको उल्लेख गरेका छन्। रमेशले विमान उडेको ३० सेकेन्डमै विष्फोट भएको बताए। उनले भने ‘उडेको करिब ३० सेकेन्डमै ठूलो आवाज आयो अनि विमान खस्न थाल्यो । सबै कुरा यति छिटो भयो कि के भएको थाहै भएन।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार विश्वास कुमार रमेशले आफ्नो बोर्डिङ पास देखाएका छन्, जसमा उनको नाम र सीट नम्बर स्पष्ट रूपमा उल्लेख गरिएको छ। प्रहरी आयुक्त जीएस मलिकका अनुसार उनी अहिले अस्पतालमा उपचाररत छन्।

एयर इन्डियाको उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, ७ जना पोर्चुगाली नागरिक रहेका थिए भने १ जना क्यानाडाली नागरिक सवार थिए। उडान गरेको २ मिनेट नवित्दै उक्त विमान स्वास्थ्यकर्मीहरूले बसोबास गर्दै आएका एक भवनमा ठोकिंदै भुँइमा बजारीएको थियो।

The post अहमदाबाद प्लेन दुर्घटनामा बचेका भन्छन्, ‘उडेको ३० सेकेन्डमै विष्फोट भयो’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register