नेप्सेको ‘थोत्रो सिस्टम’मा समस्या नै समस्या, दिउँसो ‘क्याल्कुलेसन’ बिग्रेर घटेको बजार साँझ बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साइटमा नेप्से परिसूचक अपडेट भएको छ । सोमबार दिएँसो घटेको बजार साँझ पुनः अपडेट भएको छ । अपडेट भएको नेप्से परिसूचक अनुसार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा पुगेको छ । सोमबार दिउँसो कारोबार समय (३ बजे)मा १२.१३ अंकले बढेर २९७६.३३ बिन्दुमा पुगेको बजार एडजस्टमेन्टपछि २.०७ अंकले घटेर २९६२.१३ […]

Jul 28, 2025 - 13:29
 0
नेप्सेको ‘थोत्रो सिस्टम’मा समस्या नै समस्या, दिउँसो ‘क्याल्कुलेसन’ बिग्रेर घटेको बजार साँझ बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साइटमा नेप्से परिसूचक अपडेट भएको छ । सोमबार दिएँसो घटेको बजार साँझ पुनः अपडेट भएको छ ।

अपडेट भएको नेप्से परिसूचक अनुसार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा पुगेको छ ।

सोमबार दिउँसो कारोबार समय (३ बजे)मा १२.१३ अंकले बढेर २९७६.३३ बिन्दुमा पुगेको बजार एडजस्टमेन्टपछि २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको थियो ।

तर, हुँदै नभएको क्याल्कुलेसन भएको भन्दै सेयर लगानीकर्ताको चर्को विरोध गरेपछि नेप्सेले ‘अध्ययन गर्दैछौँ’ भन्दै सूचना सार्वजनिक गरेको थियो । हाल भने नेप्सेको नेप्से परिसूचकको विवरण अपडेट गरेको छ । अपडेट भएको विवरण अनुसार बजार ७.१० अंकले बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register