आज नागपञ्चमी : घरघरमा नागको पूजाआराधना गरी मनाइँदै

झापा, १३ साउन । वैदिक सनातन परम्पराअनुसार आज श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइँदैछ। घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरिने यो पर्वमा सर्प, नाग र अन्य घिस्रने जीवबाट सुरक्षा मिल्ने धार्मिक विश्वास रहिआएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। नागलाई सर्पको राजा मानिने वैदिक मान्यता अनुसार, [...] The post आज नागपञ्चमी : घरघरमा नागको पूजाआराधना गरी मनाइँदै appeared first on Jhapa Online.

Jul 29, 2025 - 02:02
 0
आज नागपञ्चमी : घरघरमा नागको पूजाआराधना गरी मनाइँदै

झापा, १३ साउन । वैदिक सनातन परम्पराअनुसार आज श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइँदैछ। घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरिने यो पर्वमा सर्प, नाग र अन्य घिस्रने जीवबाट सुरक्षा मिल्ने धार्मिक विश्वास रहिआएको छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। नागलाई सर्पको राजा मानिने वैदिक मान्यता अनुसार, पानीको अभाव नहोस् भनेर नागलाई प्रसन्न पार्न पूजा गरिन्छ। बराहपुराणमा उल्लेख भएअनुसार आजको दिन ब्रह्मा र नागराजबीच संवाद भएकोले पनि यो दिन विशेष मानिन्छ।

शास्त्रीय मान्यताअनुसार भगवान् शिवले नागको माला लगाउने, विष्णु शेषनागको शय्यामा शयन गर्ने, गणेशको हातमा नाग हुने, र लक्ष्मण तथा बलरामलाई शेषनागको अवतार मानिने परम्परा छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग पनि पुराणमा उल्लेख छ।

नागपञ्चमीको उत्पत्तिसँग जोडिएको एक प्रसिद्ध किंवदन्ती अनुसार, एक किसानले नागका बच्चा मारेपछि क्रुद्ध नागिनीले परिवारको हत्या गरिन्। तर किसानकी छोरीले पूजा गरी नागिनीलाई प्रसन्न पारेर परिवारलाई जीवनदान दिलाएकी थिइन्। यही दिन नागपूजाको परम्परा सुरु भएको जनविश्वास छ।

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ। ब्राह्मण पुरोहितबाट विधिपूर्वक पूजा गरी घरको ढोकामा तस्बिर टाँस्ने चलन छ। आज खेतबारीमा खनजोत नगर्ने र सर्पलगायत जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ।

काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजा गरिँदैछ। गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायत परिकार चढाइन्छ।

वैज्ञानिक दृष्टिकोणले पनि नागले विषालु पदार्थ शोषण गरी वातावरणलाई सन्तुलित राख्ने पुष्टि भएपछि ऋषिमुनिले पूजाको परम्परा बसालेको विश्वास छ। नागपञ्चमीसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडपर्वको याम सुरु भएको छ।

The post आज नागपञ्चमी : घरघरमा नागको पूजाआराधना गरी मनाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register