थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै

कैलाली, १३ साउन । श्रावण १३ थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ आज देशभर उल्लासपूर्वक मनाइँदैछ। विशेषगरी कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालका जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाउँछन्। गुरही पर्व श्रावण शुक्ल पञ्चमी, अर्थात् नागपञ्चमीको दिन मनाइन्छ। नागपञ्चमीमा नेपाली समाजमा नागको पूजा गरिन्छ भने थारु समुदायमा ‘गुरही’ पूजा गरिन्छ। [...] The post थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै appeared first on Jhapa Online.

Jul 29, 2025 - 02:17
 0
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै

कैलाली, १३ साउन । श्रावण १३ थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ आज देशभर उल्लासपूर्वक मनाइँदैछ। विशेषगरी कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालका जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाउँछन्।

गुरही पर्व श्रावण शुक्ल पञ्चमी, अर्थात् नागपञ्चमीको दिन मनाइन्छ। नागपञ्चमीमा नेपाली समाजमा नागको पूजा गरिन्छ भने थारु समुदायमा ‘गुरही’ पूजा गरिन्छ। घोडाघोडी नगर भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीका अनुसार गुरही पूजा गर्दा विषालु सर्प, चट्याङ, आगलागी, रोगव्याधी र महामारीबाट घर सुरक्षित रहने जनविश्वास रहिआएको छ।

  • कसरी मनाइन्छ गुरही?
  • पर्वको केही दिनअघिदेखि घर आँगन लिपपोत गरी सफा गरिन्छ।
  • महिलाले रङ्गीचङ्गी कपडाबाट गुरही (पुतली) बनाउँछन्।
  • केटाहरूले बाँस वा जुटबाट गुरही पिट्ने लट्ठी (कोर्रा) तयार गर्छन्।
  • साँझपख गाउँका बालबालिका र युवती नयाँ कपडा लगाएर भुजा, मकै, चना, केराउ र गुरही लिएर चौरमा भेला हुन्छन्।
  • गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन्।
  • युवतीले ल्याएका गुरहीलाई पूजा गरी दिदीबहिनीले फाल्छन्, दाजुभाइले लट्ठीले पिट्छन्।
  • यसलाई ‘गुरही असरैना’ भनिन्छ, जसमा ‘देऊ घुघरी’, ‘लेउ घुघरी’ भन्ने नारा लगाइन्छ।

गुरही पिटिसकेपछि युवतीले ल्याएको गेडागुडी प्रसाद बाँडिन्छ। अन्त्यमा गुरहीलाई नदी वा कुलोमा विसर्जन गरिन्छ, जसले गाउँघरमा रहेका रोगव्याधी र संकट पानीसँगै बगेर जाने विश्वास गरिन्छ। कतिपयले कपडाको टुक्रा घरको ढोकामा बाँध्ने परम्परा पनि पालना गर्छन्। पर्वको अवसरमा स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् ।

The post थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register