१ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भए रमेश लेखकले राजनीति छोड्ने ! 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको पुष्टि भए राजनीतिबाटै राजिनामा दिने बताएका छन् । सञ्चारकर्मीसँगै कुराकानी गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा […]

May 25, 2025 - 03:08
 0
१ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भए रमेश लेखकले राजनीति छोड्ने ! 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको पुष्टि भए राजनीतिबाटै राजिनामा दिने बताएका छन् । सञ्चारकर्मीसँगै कुराकानी गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने लेखकले बताएका छन् । 

आफूमाथि प्रश्न उठेपछि जवाफ दिन प्रतिनिधि सभाको बैठकमा समय माग गरेको भन्दै लेखकले त्यही बेला सम्पूर्ण जानकारी दिने बताएका छन् । उनले गृह मन्त्रालय मातहत लाखौँ कर्मचारी रहेको भन्दै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजिनामा दिँदै जान सम्भव नरहेको पनि स्पष्ट पारेका छन् । 

त्यस्तै, गृहमन्त्री लेखकले आफ्ना विरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register