सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन, अब के हुन्छ ? 

काठमाडौँ । रवि लामिछानेसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा पोखरामा निवेदन दायर गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनालाई थुनामा राख्न माग गर्दै निवेदन दायर गरिएको हो ।  सरकारी वकिलले दायर गरेको उक्त निवेदनमा जिल्ला अदालतले गरेको […]

Jan 21, 2025 - 04:54
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन, अब के हुन्छ ? 

काठमाडौँ । रवि लामिछानेसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा पोखरामा निवेदन दायर गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनालाई थुनामा राख्न माग गर्दै निवेदन दायर गरिएको हो । 

सरकारी वकिलले दायर गरेको उक्त निवेदनमा जिल्ला अदालतले गरेको निर्णय बदर गरी रवि सहित धरौटीमा छुटेका ७ जनालाई थुनामै राख्न आदेश माग गरिएको छ । 

योसँगै अब उच्च अदालतले उक्त निवेदनमाथि सुनुवाइका क्रममा जिल्ला अदालतबाट यसअघिको फैसला माग गर्नेछ र सो फैसला हेरेपछि जिल्लाकै फैसला सदर गर्ने वा फैसला उल्ट्याएर धरौटीमा छुटेकाहरुलाई थुनामा पठाउने निर्णय गर्नेछ । 

यसअघि कास्की जिल्ला अदालतले रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरुङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, पछाईंलाई ३७ लाख, आरती र मीनालाई ५-५ लाख र कृष्णलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register