मादी पुलबाट जीप खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

तनहुँ। तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जीप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा परी व्यास नगरपालिका–५ […]

May 25, 2025 - 03:04
 0
मादी पुलबाट जीप खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

तनहुँ।

तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जीप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ।

जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register