पन्जावमाथि दिल्लीको प्रभावशाली जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पञ्जाव किङ्समाथी दिल्ली क्यापिटल्सले प्रभावशाली जित निकालेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिबार भएको रोमाञ्चक खेलमा दिल्लीले पञ्जावलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको हो । यस जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष पाँचमा रहँदै यस सिजनको आईपीएल यात्रा समाप्त गरेको छ । टस […]

May 25, 2025 - 03:38
 0
पन्जावमाथि दिल्लीको प्रभावशाली जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पञ्जाव किङ्समाथी दिल्ली क्यापिटल्सले प्रभावशाली जित निकालेको छ ।

राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिबार भएको रोमाञ्चक खेलमा दिल्लीले पञ्जावलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको हो ।

यस जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष पाँचमा रहँदै यस सिजनको आईपीएल यात्रा समाप्त गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०६ रनको योगफल खडा गरेको थियो । पन्जाबका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर प्रभसिम्रन सिंहले २८ रन, जोस इङ्लिसले ३२, नेहालबडेराले १६ र शशांक सिंहले ११ रनको योगदान दिए । दिल्लीका लागि बलिङमा मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । विपराज निगम र कुलदीप यादवले २-२ विकेट लिँदा मुकेश कुमारले एक विकेट हात पारे ।

२०७ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.३ ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । दिल्लीका लागि समिर रिज्वीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५८ रन बनाए । ओपनरद्वय केएल राहुलले ३५ रन र कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए । करुण नायरले ४४ रन र सेदुकिल्ला अटलले २२ रन जोडे भने ट्रिस्टन स्टब्स १८ रनमा अविजित रहे । पन्जाबका लागि बलिङतर्फ हरप्रीत ब्रारले सर्वाधिक २ विकेट लिए भने प्रवीण दुबेले १ विकेट लिए ।

यस जितसँगै दिल्ली क्यापिटल्सले १४ खेलमध्ये ७ मा जित र ६ मा हार बेहोर्दै एक खेलमा अंक बाँड्दै कुल १५ अंकसहित यो सिजनको आईपीएल समाप्त गरेको छ । यता, पञ्जावले भने अब लिग चरणको अन्तिम खेल मुम्बई इन्डियन्ससँग खेल्न बाँकी रहेको छ ।

हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको पञ्जावले शीर्षस्थानका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरातले पनि लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ र उसले आफ्नो अन्तिम खेल चेन्नाई सुपर किङ्ससँग खेल्नेछ ।  अब लिग चरणका अन्तिम खेलहरू मात्रै बाँकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register