‘अहिले आधा नाङ्गियौँ, माग पूरा नभए पूरै नाङ्गिन्छौँ’

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । दुःख, सुख गरेर कमाएको पैसा सहकारीमा डुबेपछि सर्वश्व सकिएको भन्दै सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारसँग सहकारीमा डुबेको आफूहरुको पैसा यथाशीघ्र फिर्ता गर्न माग गरेका छन् ।  आइतबार अर्धनग्न भएर प्रदर्शनमा उत्रिएकाहरु सबै पुरुष थिए । उनीहरुले सहकारी समस्या […]

May 25, 2025 - 11:59
 0
‘अहिले आधा नाङ्गियौँ, माग पूरा नभए पूरै नाङ्गिन्छौँ’

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । दुःख, सुख गरेर कमाएको पैसा सहकारीमा डुबेपछि सर्वश्व सकिएको भन्दै सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारसँग सहकारीमा डुबेको आफूहरुको पैसा यथाशीघ्र फिर्ता गर्न माग गरेका छन् । 

आइतबार अर्धनग्न भएर प्रदर्शनमा उत्रिएकाहरु सबै पुरुष थिए । उनीहरुले सहकारी समस्या समाधान नगरे र आफूहरुको बचत फिर्ता नभए पूरै नाङ्गो भएर प्रदर्शन गर्ने पनि चेतावनी दिएका छन् । 

यसो त यसअघि सहकारी पीडित महिलाहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका थिए । उनीहरुले पनि सहकारीमा रकम डुबेको वर्षौं बितिसक्दा पनि सरकारले बचत फिर्ताका लागि कुनै चासो नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । यसअघि महिला र हाल पुरुषहरुले पनि अर्धनग्न भएर प्रदर्शन गरेपछि अहिले सामाजिक सञ्जालमा ‘काठमाडौँ लजायो’ भन्दै टिप्पणी भइरहेको छ । 

आइतबार काठमाडौँमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका सहकारी पीडित पुरुषहरुले सडकमै बसेर रोटी र चट्नीसमेत खाएका थिए । अर्कोतर्फ महिलाहरुले थाल थटाएर पनि सरकारको विरोध गरेका थिए । उनीहरुले कोष खडा गरेर भए पनि सहकारी पीडितहरुको बचत फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register