‘आइकार्ड’प्रति बढिरहेको छ आकर्षण

काठमाडौं । फेसबुक बुस्ट गर्नुपर्‍यो कसरी गर्ने केही आइडिया छैन । फेसबुक वालमा पोस्टहरू देखिन्छ, ‘के तपाईंं आफ्नो फेसबुक पेज वा पोस्टहरू बुस्ट गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने डाइरेक्ट तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस् ।’ अब तपाईं दोधारमा पर्नुहुन्छ, यही नम्बरमा सम्पर्क गरेर बुस्ट गराउने कि नगराउने । किनकि, पछिल्लो समय अनलाइनबाट गरिने भन्ने […]

May 25, 2025 - 12:05
 0
‘आइकार्ड’प्रति बढिरहेको छ आकर्षण

काठमाडौं । फेसबुक बुस्ट गर्नुपर्‍यो कसरी गर्ने केही आइडिया छैन । फेसबुक वालमा पोस्टहरू देखिन्छ, ‘के तपाईंं आफ्नो फेसबुक पेज वा पोस्टहरू बुस्ट गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने डाइरेक्ट तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस् ।’

अब तपाईं दोधारमा पर्नुहुन्छ, यही नम्बरमा सम्पर्क गरेर बुस्ट गराउने कि नगराउने । किनकि, पछिल्लो समय अनलाइनबाट गरिने भन्ने कामहरूमा स्क्याम बढिरहेकाले झट्टै विश्वास गर्ने वातावरण छैन ।

जाने बुझेका साथीभाइलाई सोध्नुहुन्छ, ‘कसरी गर्ने होला फेसबुक बुस्ट, थाहा भए उपाय र प्रक्रिया भनिदिनुस् न ।’ विभिन्न ठाउँको सोधपुछ, अध्ययनबाट बल्लतल्ल तपाईंं अरूको सहायताबाट फेसबुक बुस्ट गर्नुहुन्छ । तर, यो कामका लागि तपाईंंले धेरै झमेला र दु:खको सामना गर्नुपरेको हुन्छ ।

फेसबुक बुस्ट गरिदिने भनिएका कम्पनीबाटै बुस्ट गर्नुभए पनि तपाईंंको खर्च बढी हुन्छ । तर, तपाईंंहरू जस्तै धेरैलाई थाहा नभएको कुरा नेपालका केही बैंकहरूले फेसबुक बुस्टका लागि सजिलो र वैध सुविधाहरू दिइरहेका छन्,  ‘आईकार्डमार्फत’ ।

तपाईंं फेसबुक बुस्ट गर्न, युट्युब, टिकटक, फेसबुकमा कमाएकाे रकम आफ्नो खातामा तान्न, अन्तर्राष्ट्रिय बजारमा इकमर्स कारोबार गर्न अलमलमा पर्नुभएको छ वा कसैलाई सोधिरहनुभएको छ यो सबैको सजिलो समाधान हो ‘आईकार्ड’ ।

के हो आईकार्ड ?

सामान्य अर्थमा आईकार्ड भनेको भर्चुअल कार्ड हो । जुन मोबाइल बैंकिङ एपबाट बनाउन सकिन्छ । जसबाट नेपालमै बसी-बसी अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सामान खरिद गरेर भर्चुअल रूपमै डलर भुक्तानी गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा ईकमर्स कारोबार गर्नका लागि नेपाली बैंकहरूले ल्याएको एक वैध र सरल प्रक्रिया नै आईकार्ड हो । विद्युतीय भुक्तानीमा क्यूआर कोडले सर्वाधिक चर्चा पाएसँगै राष्ट्र बैंकले डलर भुक्तानीमा सहजीकरण गर्न चालेको कदममध्येको एकको हो आईकार्ड ।

नेपाल राष्ट्र बैंकले २०७७ चैत ८ गते एकीकृत परिपत्र २०७६ संशोधन गर्दै एक जना ग्राहकले अन्तर्राष्ट्रिय बजारमा आईकार्डमार्फत वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको कारोबार गर्न सक्ने प्रावधान ल्याएको थियो ।

आईकार्डबाट ग्राहकहरूले सामाजिक सञ्जालमा विज्ञापन वा बुस्टिङ, ओटीटी (नेटफ्लिक्स, प्राईम भिडियो आदि), सब्क्रिप्सन, विदेशी ईकमर्सबाट वस्तु तथा सामान खरिद, अन्तर्राष्ट्रिय म्यागेजिन वा जर्नल, अनलाइन कोर्स वा तालिमको भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै, आईकार्ड ईस्पोर्ट्समा पनि निकै उपयोगी रहेको छ । अनलाइन व्यापार गर्नेहरूका लागि भने यो झनै उपयोगी देखिन्छ । विशेष गरी, पछिल्लो समय स्टार्टअप, अनलाइन व्यापार गर्नेहरूको रुचि आईकार्डमा बढ्दै गएको पाइन्छ ।

हाल नेपालका बैंकहरूले दिने आईकार्डमार्फत एक व्यक्तिले एक वर्षमा अधिकतम ५०० डलरसम्म सामान खरिद गर्न सक्नेछन् । त्यस्तै, एक वर्षमा पाँच हजार डलरसम्म रेमिट्यान्स पनि सिधै आईकार्डमार्फत आफ्नो खातामा नेरुमा भित्र्याउन सक्नेछन् ।

यसरी लिन सकिन्छ आईकार्ड

हाल नेपालका केही वाणिज्य बैंकहरूले आईकार्डमार्फत सुविधा दिइरहेका छन् । जस्तै, नबिल बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई लगायतका केही वाणिज्य बैंकहरूले आईकार्डमार्फत सेवा प्रदान गरिरहेका छन् ।

आईकार्ड प्राप्त गर्न सामान्य बचत खाता (नर्मल सेभिङ अकाउन्ट), केवाईसी फारम, व्यक्तिको प्यान कार्ड भए पुग्छ । मानौँ, तपाईंंलाई फेसबुक बुस्ट गर्नुपर्‍यो वा विदेशी बजारमा अनलाइनमार्फत केही सामान किन्नुपर्‍यो । त्यसका लागि तपाईंंले नबिल बैंकको आईकार्डमार्फत कारोबार गर्ने सोच बनाउनुभयो ।

सर्वप्रथम, अब तपाईंंले नबिल बैंकमा एउटा सामान्य सेभिङ अकाउन्ट खोल्नुपर्छ । जसका लागि तपाईंं नजिकैको बैंक शाखामा गएर खाता खोल्न सक्नुहुन्छ, नत्र घरै बसी-बसी अनलाइनबाटै पनि नबिल बैंकको खाता खोल्न सकिन्छ ।

त्यसको लागि सर्वप्रथम तपाईं नबिल बैंकको वेबसाइट https://nbankhome.nabilbank.com/ मा जानुहोस् । त्यसपश्चात् माथि देखाइएको एन बैंक भन्ने अप्सनमा जानुहोस् । त्यहाँ सुरुमै देखाइएको हुन्छ, ‘अनलाइन अकाउन्ट ओपनिङ’ त्यहाँ क्लिक गरेपछि तपाईंंलाई बैंकले विभिन्न प्रक्रियाहरू पूरा गर्न भन्छ ।

सो प्रक्रिया पूरा गरेपश्चात् नबिल बैंकमा तपाईंंको खाता खुल्छ । वा मोबाइलको प्ले स्टोर वा एप स्टोरबाट सिधै एन बैंक एप डाउनलोड गरेर आवश्यक प्रक्रिया पूरा गरेर पनि नबिल बैंकमा खाता खोल्न सकिन्छ ।

अब तपाईं ‘एन बैंक बाई नबिल’ को एप ओपन गरेर लगइन गर्नुहोस् । जसपश्चात् होम स्क्रिन वा मोर सेक्सनमा देखाइएको ‘भर्चुअल डलर कार्ड’ भन्ने अप्सनमा जानुहोस् । जहाँ प्यान नम्बर र प्यनकार्डको फोटो अपलोड गरेर सब्मिट गरेपछि तपाईंँको निवेदन बैंकमा पुग्छ ।

बैंकका कर्मचारीले तपाईंको प्यान नम्बरको डिटेल चेक गर्छ र कार्ड एक्टीभ गरिदिन्छ । अब तपाईंलाई बैंकबाट एसएमएस आउँछ सँगै तपाईंको भर्चुअल आईकार्ड एक्टिभ देखाउँछ । त्यसपश्चात् तपाईंले सो भर्चुअल आईकार्डमा रकम टपअप गर्नुपर्दछ । जुन ५०० डलरसम्म गर्न मिल्छ । त्यसपश्चात्, ‘एक्सपोर्ट डिटेल्स’ भन्ने अप्सनमा क्लिक गरेर कार्ड नम्बर, सीभीभी र एक्सपाइरी डेट नोट गर्न सकिन्छ । त्यस्तै, कारोबार गर्नका लागि ‘ईपेमेन्ट’लाई क्लिक गर्ने र सामान अनि रकम उल्लेख गर्ने साथै, पिन राखेर सब्मिट गरेर खरिद गर्न सकिन्छ ।

अन्य बैंकको आईकार्डभन्दा नबिलको फरक किन ?

सामान्यतया आईकार्डको सेवा र सुविधा एकै प्रकारको भए पनि बैंकअनुसार केही फरकपन पाइन्छ । त्यस्तै, आईकार्ड लागू भएका नेपालका वाणिज्य बैंकहरूमध्ये तुलनात्मक रूपमा नबिलको ‘भर्चुअल डलर कार्ड’ मा थप सेवा, सुविधा पाइन्छ ।

एन बैंक प्रमुख प्रदीप नेपालका अनुसार नबिलको भर्चुअल आईकार्डमा लोड गरिएको रकम एक वर्षभित्रमा खर्च नगरिसकेको खण्डमा सोझै मोबाइल बैंकिङबाटै आफ्नो खातामा फिर्ता गर्न सकिन्छ ।

उनी भन्छन्, ‘हामीले चाहिँ आईकार्डको डलर फिर्ता गर्न चाहानेहरूका लागि मोबाइल बैंकिङबाटै फिर्ता गर्न मिल्ने फिचर्स एड गरेका छौँ । जुन अरू बैंकमा छैन ।’

सामान्यतया, आईकार्डको डलर आफ्नो रेगुलर खातामा फर्काउनका लागि बैंकको शाखामा व्यक्ति पुग्नैपर्ने व्यवस्था रहेको छ । जुन बाध्यताको समाधान गर्न र ग्राहकको समयको सदुपयोग गर्न नबिल बैंकले यो फिचर्स एड गरेको एन बैंक प्रमुख नेपाल बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register