पत्रकार महासंघ झापाले बुझायो पत्रकार हत्याको विरोधमा प्रजिअ मार्फत सरकारलाई ज्ञापन

झापा, १८ चैत । पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । कार्यस्थलमा खटिएका पत्रकारको हत्या गरेको भन्दै महासंघले [...] The post पत्रकार महासंघ झापाले बुझायो पत्रकार हत्याको विरोधमा प्रजिअ मार्फत सरकारलाई ज्ञापन appeared first on Jhapa Online.

Mar 31, 2025 - 16:38
 0
पत्रकार महासंघ झापाले बुझायो पत्रकार हत्याको विरोधमा प्रजिअ मार्फत सरकारलाई ज्ञापन

झापा, १८ चैत । पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । कार्यस्थलमा खटिएका पत्रकारको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

जसअन्तर्गत आइतवार पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए। उता तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्या र विभिन्न संचारगृहमा भएको आक्रमणको छानबिन गरी यथाशीघ्र कारबाही गर्न माग गर्दै पत्रकार महासंघ झापाले ईलाका प्रशासन कार्यालय दमकका प्रमुख प्रमुख झरेन्द्र राज चापागाई मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

The post पत्रकार महासंघ झापाले बुझायो पत्रकार हत्याको विरोधमा प्रजिअ मार्फत सरकारलाई ज्ञापन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register