कनकाईमा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न

चन्द्र बस्नेतकनकाई, २० फागुन । झापाको कनकाई नगरपालिकामा १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा न १दुर्गापुर स्थित सामुदायिक भवनमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना वडा न १ को आर्थिक सहयोगमा गत माघ २१ गतेदेखि फागुन २० गते मंगलबार आज सम्म चलेको १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको [...] The post कनकाईमा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न appeared first on Jhapa Online.

Mar 4, 2025 - 16:30
 0
कनकाईमा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न

चन्द्र बस्नेत
कनकाई, २० फागुन ।
झापाको कनकाई नगरपालिकामा १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको छ।

कनकाई नगरपालिका वडा न १दुर्गापुर स्थित सामुदायिक भवनमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना वडा न १ को आर्थिक सहयोगमा गत माघ २१ गतेदेखि फागुन २० गते मंगलबार आज सम्म चलेको १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको हो।

आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुस्पा भट्टराई (कडेलको) सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो।

उहाँले १ महिना सम्म सिकेको सिपलाई सकेसम्म नगरमै रहेका विद्यालयहरू सग समन्वय गरि प्राक्टिकल रुपमा नानी बाबुहरु सगै गएर अझ तालीम लिएको भए अझ बुज्न बुजाउन सहज हुने बताउनुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको थियोे ।उहाँले शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत उहाँले बताउनुएको थियो ।नगर प्रमुख पोखरेलले चालू आर्थिक वर्षमा शिक्षा ,स्वास्थ्य र कृषिका साथसाथै महिला ,युवा तथा बालबालिका लक्षित बजेट बिनियोजन गरि निरन्तर काम हरु गरिरहेको जानकारी समेत गराउनुभएको थियोे ।

कार्यक्रममा विशिस्ट अतिथि उप प्रमुख आशाशर्मा शिवाकोटी , वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, प्यावसनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद उप्रेती , हाम्रो पाठशाला विद्यालयका संचालक अखिलकुमार कोईराला लगायतले सुरुवाती चरणमा लिने शिक्षा लाई यस्ता तालीम कोसेढुङ्गा सावित हुने बताउनुभएको थियोे ।उहाँहरुले विभिन्न विद्यालयमा आवश्यक शिक्षकहरुको अवसर खुल्ने र विद्यालयमा अवसर पाउनका लागि पनि अवको समयमा सुरुमा कम्तिमा पनि मन्टेश्वरी तालिम लिएको हुनुपर्ने भएकाले पनि यो तालिम लिन जरुरी रहेको बताउनुभएको थियोे ।

वडा अध्यक्ष पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेस्ट नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको बताउनुभयो ।
उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनुभयो ।

वडामा यस चालू आर्थिक वर्षमा एकल महिलाहरूको स्वरोजगार बन्नका लागि तालिम सम्पन्न गरेको, त्यस्तै सहजीकरण महिलासमुहको पोते तथा धागो बनाउने तालीम सम्पन्न भएको , त्यस्तै आगामी २४ गते नारी दिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने बताउनुभएको थियोे ।

त्यस्तै वडाकै बजेट बाट शान्ति महिला समुहले आगामी फागुन २४,२५ र २६ गते लिकुईट तथा नुहाउने सावनको तालिम आयोजना हुने , त्यस्तै चैत ८ र ९ गते वडाकै महिलाहरूका लागि सरफ तथा कपडा धुने सावन बनाउने तालिमको आयोजना गर्ने समेत बताउनुभएको थियोे ।

तालीममा वडा भित्र रहेका ९ वटा टोलका ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।

१ महिने मन्टेश्वरी तालीमको प्रशिक्षण मन्टेश्वरीकी विज्ञ अनुभवी मेनुका ओलीले गर्नुभएको थियोे । तालिम समापनको अवसरमा प्रशिक्षार्थिको तर्फबाट गङगा दाहालले १ महिना सम्म आफुले सिकेको अनुभव सुनाउनु भएको थियोे ।

यता आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी पुस्पा भट्टराई (कडेलले) सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनुभएको थियोे ।

उहाँले नानी-वावुहरुको सिकाईका लागि विद्यालय मा होस यात घरमा असल संस्कारको सुरुवात घरबाटै हुने भन्दै यस्तो तालिमले मद्दत मिल्ने विश्वास व्यक्तगर्नुभयो। उहाँले आफ्नो संस्थाले मन्टेश्वरी तालिम मात्र नभई विशेष गरेर महिला दिदिबहिनी हरुका लागि आत्मनिर्भर बन्ने तालिमहरु दिदै आएको बताउनुभएको थियोे । उहाँले संस्थाले कनकाई नगर मात्र नभई छिमेकी पालिकामा समेत यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनुभएको थियोे ।

१ महिने मन्टेश्वरी तालीमको समापन कार्यक्रममा वडा सदस्य हरिकुमार राई, कनकाई १ मा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सरला दाहाल (पोखरेल ) मणिङ्ग ग्लोरी अङ्ग्रेजी स्कुलका प्रिन्सिपल असोक कुमार न्यौपाने वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे ।

कार्यक्रमको औचित्य तथा स्वागत सहित सन्चालन आयोजक संस्थाकी सचीव लिला शिवाकोटीले गर्नुभएको थियोे ।

The post कनकाईमा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register