सेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको हो । हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार […]

May 26, 2025 - 10:34
 0
सेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको हो ।

हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार छ । अब भने सबै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउने भएको छ ।

राष्ट्र बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको समीक्षा मार्फत जोखिम भार घटाएर १०० प्रतिशतमा झरेका हुन् ।

समीक्षामा सेयर कर्जाको जोखिम भार घटेर आएपपछि यतिबेला सेयर लगानीकर्ता उत्साहित छन् । अधिकांश लगानीकर्ताले यसलाई अबको बुलको अर्को प्रस्तान बिन्दुका रुपमा लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register