रास्वपाले धितोपत्र बोर्ड र नेप्सेबीच नै फरक छुट्याउन सकेन, प्रतिवेदनमा ‘कैफियत’

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको प्रतिवेदनमा कैफियत भेटिएको छ । १८ गते (आज) बस्न लागेको प्रतिनिधिसभाकै बैठकमा नयाँ स्टक एक्सचेञ्जको विरोध गर्ने भन्दै रास्वपाले सार्वजनिक गरेको प्रतिवेदनमा कैफियत भेटिएको हो ।  रास्वपाले उक्त प्रतिवेदनमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच नै फरक छुट्याउन नसकेको देखिएको छ […]

Jan 31, 2025 - 03:07
 0
रास्वपाले धितोपत्र बोर्ड र नेप्सेबीच नै फरक छुट्याउन सकेन, प्रतिवेदनमा ‘कैफियत’

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको प्रतिवेदनमा कैफियत भेटिएको छ । १८ गते (आज) बस्न लागेको प्रतिनिधिसभाकै बैठकमा नयाँ स्टक एक्सचेञ्जको विरोध गर्ने भन्दै रास्वपाले सार्वजनिक गरेको प्रतिवेदनमा कैफियत भेटिएको हो । 

रास्वपाले उक्त प्रतिवेदनमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच नै फरक छुट्याउन नसकेको देखिएको छ । 

उक्त प्रतिवेदनको बुँदा नम्बर पाँचमा रास्वपाले धितोपत्र बोर्ड स्थापना गर्ने सरकारको निर्णयको विरोध गर्ने उल्लेख गरेको छ । उक्त बुँदामा रास्वपाले धितोपत्र बोर्ड र नेप्सेलाई प्रतिस्पर्धीका रुपमा उल्लेख गरेको छ । 

‘धितोपत्र बोर्ड स्थापना गर्ने सरकारको निर्णय प्रतिस्पर्धी बजारलाई बढुवा दिन नभएर विद्यमान नेप्सेको पुनर्संरचना नगरीकन आएको हुँदा सैद्धान्तिक रुपमा नयाँ धितोपत्र बोर्डमा सहमत भए पनि व्यक्ति विशेष र स्वार्थ समूहको इच्छामा आएको प्रति आपत्ति जनाउँदै सदनमा विरोध गर्ने निर्णय गरियो ।’, रास्वपाको प्रतिवेदनमा भनिएको छ । 

रास्वपाले प्रतिवेदनमा उल्लेख गरेको उक्त बुँदाबाट रास्वपाले धितोपत्र बोर्ड र नेप्से नै नबुझेको भन्ने देखिन्छ । सरकारले हाल ल्याउन लागेको नयाँ स्टक एक्सचेञ्ज हो, बोर्ड होइन । तर, रास्वपाले बोर्ड स्थापना गर्न खोजिएको भन्दै प्रतिवेदन नै सार्वजनिक गरेको छ । यसो त रास्वपाका नेताहरुले यसलाई ‘टाइपिङ मिस्टेक’ भनेका छन् । तर, महत्वपूर्ण निर्णयसहितको प्रतिवेदन नै सार्वजनिक गरिँदा पनि रास्वपाले उक्त कैफियत छुट्याउन नसक्नुले कहिँकतै रास्वपाले धितोपत्र बजार र धितोपत्र बोर्ड नै नबुझेको हो कि भन्ने प्रश्न उठेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register