जनमत पार्टीसँग एकताको निर्णय गर्न नागरिक उन्मुक्तिको बैठक जारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरुलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले […]

Mar 21, 2025 - 07:35
 0
जनमत पार्टीसँग एकताको निर्णय गर्न नागरिक उन्मुक्तिको बैठक जारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरुलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए ।

केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशङ्का नरहेको उनको भनाइ छ ।

बैठकमा सबै केन्द्रीय सदस्यहरु, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरु, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरु, संस्थापक केन्द्रीय सदस्यसमेत उपस्थित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register