नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना गरेको […]

May 27, 2025 - 12:34
 0
नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना गरेको नदेखिएको, संरचनाको गुणस्तरमा प्रश्न उठेको, परामर्शदातालाई भुक्तानी गरेको रकमसमेत अस्वाभाविक देखिएको अख्तियारले जनाएको छ ।

आरोपपत्रमा गाउँपालिका उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन इन्जिनियर कृष्णा साह र तत्कालीन सबइन्जिनियर जय नारायण यादव, तत्कालीन लेखापाल सोमप्रसाद आचार्य, वडा नं. ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नं. ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवलाई पनि प्रतिवादी बनाइएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register