गृहमन्त्रीको दाबी- ‘मैलेजति काम कसैले गरेको छैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले श्रममन्त्री भएर आफूले जति काम कसैले नगरेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले १८ वर्षअघि २०६२/६३ को जनआन्दोलनपछि आफू श्रममन्त्री हुँदा पहिलो पटक वैदेशिक रोजगार ऐन, २०६४ ल्याएको दाबी गरे । सोही बेलामा श्रम मन्त्रीको हैसियतले चार देशसँग […]

Jun 13, 2025 - 12:58
 0
गृहमन्त्रीको दाबी- ‘मैलेजति काम कसैले गरेको छैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले श्रममन्त्री भएर आफूले जति काम कसैले नगरेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले १८ वर्षअघि २०६२/६३ को जनआन्दोलनपछि आफू श्रममन्त्री हुँदा पहिलो पटक वैदेशिक रोजगार ऐन, २०६४ ल्याएको दाबी गरे ।

सोही बेलामा श्रम मन्त्रीको हैसियतले चार देशसँग श्रम सम्झौता गरेको भन्दै उनले श्रममन्त्री हुँदा आफूले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न पहल गरेको पनि दाबी गरेका छन् ।

त्यसयता १८ वर्षको समयमा थुप्रै व्यक्ति श्रममन्त्री बने पनि आफूले जति काम कसैले नगरेको लेखकले दाबी गरेका छन् ।

त्यस्तै, उनले हाल भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताको आरोप लगाएर राजिनामा माग्नु राजनीतिक प्रतिशोध भएको भन्दै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register