दोहोरो अङ्कले बढ्यो सेयर बजार, नगदी ग्रुपमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ । बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ ।
बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँ रहेको छ ।
१४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा घटेको छ भने बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।
What's Your Reaction?






