रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो निमन्त्रण दिएको उनको सचिवालयले जनाएको छ । रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रमुख कासिकोभले आगामी […]

May 15, 2025 - 10:13
 0
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो निमन्त्रण दिएको उनको सचिवालयले जनाएको छ । रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिए । सोही क्रममा ओलीले पनि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका छन् । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register