भाटभटेनीमा लुटपाट गर्ने सबैलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा गएको १५ चैतमा भएको लुटपाट र तोडफोडमा पक्राउ परेका ११ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले प्रारम्भिक सुनुवाइको क्रममा धरौटीमा छोड्न आदेश दिएको हो । १५ चैतमा तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक हुँदा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो । […]

May 28, 2025 - 12:02
 0
भाटभटेनीमा लुटपाट गर्ने सबैलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा गएको १५ चैतमा भएको लुटपाट र तोडफोडमा पक्राउ परेका ११ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले प्रारम्भिक सुनुवाइको क्रममा धरौटीमा छोड्न आदेश दिएको हो ।

१५ चैतमा तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक हुँदा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो । भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति पुगेको प्रहरीले दाबी गरेको थियो ।

सोही विषयमा सरकारी वकिलले उनीहरूमाथि आपराधिक उपद्रवको मुद्दा दायर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register