पूर्वराज्यमन्त्री खड्काको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता गणेशबहादुर खड्काको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पीडित खड्काको बिहीबार दैलेखको नायणनगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । एक हप्ताअगाडि काठमाडौंबाट उपचारपछि घर लगिएको थियो । खड्का दैलेख निर्वाचन क्षेत्र नम्बर-१ बाट तीनपटक निर्वाचित भएका थिए । उनी २०४८ र २०५१ मा प्रतिनिधिसभा […]

May 29, 2025 - 06:14
 0
पूर्वराज्यमन्त्री खड्काको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता गणेशबहादुर खड्काको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पीडित खड्काको बिहीबार दैलेखको नायणनगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । एक हप्ताअगाडि काठमाडौंबाट उपचारपछि घर लगिएको थियो ।

खड्का दैलेख निर्वाचन क्षेत्र नम्बर-१ बाट तीनपटक निर्वाचित भएका थिए । उनी २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए, भने २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

खड्का २०५१ मा सहायकमन्त्री र २०६६ मा राज्यमन्त्री बनेका थिए । खड्का नेपाली कांग्रेस दैलेखका संस्थापक नेता थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register