रत्नपार्क क्षेत्रमा एमाले र राजावादीको जुलुस नजिकियो

काठमाडौं । गणतन्त्र उत्सव मनाइरहेको नेकपा एमाले र राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीहरूको प्रदर्शनले रत्नपार्क क्षेत्र अस्तव्यस्त बनेको छ । राजावादी प्रदर्शनकारीहरू पहिला नै रत्नपार्क पुगिसकेका छन् । उता एमालेको र्‍याली पनि रत्नपार्क पुग्दै छ । दुई समूहको जुलुस एकै ठाउँमा हुने अवस्था आएको हो । प्रहरीले राजावादीको एक समूहलाई जमलमा रोकेको […]

May 29, 2025 - 08:38
 0
रत्नपार्क क्षेत्रमा एमाले र राजावादीको जुलुस नजिकियो

काठमाडौं । गणतन्त्र उत्सव मनाइरहेको नेकपा एमाले र राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीहरूको प्रदर्शनले रत्नपार्क क्षेत्र अस्तव्यस्त बनेको छ । राजावादी प्रदर्शनकारीहरू पहिला नै रत्नपार्क पुगिसकेका छन् ।

उता एमालेको र्‍याली पनि रत्नपार्क पुग्दै छ । दुई समूहको जुलुस एकै ठाउँमा हुने अवस्था आएको हो । प्रहरीले राजावादीको एक समूहलाई जमलमा रोकेको छ । एक समूह पहिला नै रत्नपार्कमा पुगेको छ । प्रहरीले एमालेको जुलुस पास गराउन राजावादीहरूलाई हट्न भनेको छ । तर, उनीहरू हट्न मानेका छैनन् ।

स्थानीय प्रशासनले एमालेलाई भृकुटीमण्डप र राजावादीलाई रत्नपार्कमा कार्यक्रम गर्न अनुमति दिएको छ । राजावादीलाई दुई बजेपछि मात्र कार्यक्रम गर्न अनुमति दिइएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register