ओडिसा घटनाको कूटनीतिक तवरबाट अनुसन्धान गर्न क्रान्तिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको निष्पक्ष छानविन गर्न नेपालले कूटनीतिक तहबाटै प्रयास थाल्न माग गरेको छ । अनेरास्ववीयु क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै विद्यार्थीको सुरक्षा र छानविनका लागि कूटनीतिक पहल गर्न माग गरेको हो । ‘नेपाल सरकारले […]

Feb 17, 2025 - 13:09
 0
ओडिसा घटनाको कूटनीतिक तवरबाट अनुसन्धान गर्न क्रान्तिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको निष्पक्ष छानविन गर्न नेपालले कूटनीतिक तहबाटै प्रयास थाल्न माग गरेको छ ।

अनेरास्ववीयु क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै विद्यार्थीको सुरक्षा र छानविनका लागि कूटनीतिक पहल गर्न माग गरेको हो ।

‘नेपाल सरकारले निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न र विदेशमा रहेका विद्यार्थीहरूको सुरक्षा गर्ने दूतावासको जिम्मेवारीलाई बलियो बनाउन भारतसँग उच्चस्तरीय कूटनीतिक प्रयास गरोस्,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववीयु क्रान्तिकारीले लम्सालको शंकास्पद मृत्युको छानविनका लागि नेपाल र भारत दूवै देशको संयुक्त टोली बनाउन समेत माग गरेको छ ।

नेपाल र भारत सरकारका प्रतिनिधिहरू सम्मिलित संयुक्त स्वतन्त्र अनुसन्धान समितिले घटनाको पछाडिको सत्यता उजागर गर्न निष्पक्ष अनुसन्धान गर्यनुपर्ने र त्यहाँ रहेका विद्यार्थीको सुरक्षा, मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउनसमेत माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register