खराब कर्जा व्यवस्थापनको लागि एसेस्ट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि एसेस्ट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ । बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै उनले वित्तीय क्षेत्रको नियामक निकाय सुधारिने बताए । आगामी आवमा कर्जा विस्तारमा जोड दिइने, वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनलाई […]

May 29, 2025 - 12:44
 0
खराब कर्जा व्यवस्थापनको लागि एसेस्ट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि एसेस्ट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ ।

बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै उनले वित्तीय क्षेत्रको नियामक निकाय सुधारिने बताए ।

आगामी आवमा कर्जा विस्तारमा जोड दिइने, वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउँदै संस्थागत सुशासन कायम गरिने उनको भनाइ छ ।

पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने भएको छ । त्यस्तै, नेप्सेको पुनर्संरचना गरेर संस्थागत क्षमता सुदृढ गरिने भएको छ ।

व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि कर्जाको पुनर्तालिकीकरण गरेर आवश्यकता अनुसार ब्याज जरिवानामा सहुलियत प्रदान गरिने भएको छ ।

त्यसैगरी, दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्‍याएर ग्रामीण अर्थतन्त्रको विकास गरिने बताइएको छ । त्यस्तै, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने जसमा गैर आवासीय नेपालीलाई कारोबारको लागि अनुमति दिइने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register