गणतन्त्रको विकल्प छैन, कार्यशैली सुधारौँ : मुख्यमन्त्री कँडेल

सुर्खेत ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन् । जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले गणतन्त्रको विकल्प […]

May 29, 2025 - 13:13
 0
गणतन्त्रको विकल्प छैन, कार्यशैली सुधारौँ : मुख्यमन्त्री कँडेल

सुर्खेत । 

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन् ।

जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले गणतन्त्रको विकल्प नभएको बताएका छन् । ‘शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन् । नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका— टिप्पणीका स्वरहरू सुनिन पनि सक्छन्,’ शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्छ।’

तर, टीकाटिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोड्दै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने कुरा ठिक नभएको उनको भनाइ छ। ‘पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरू कदापि स्वीकृत हुदैनन र इतिहासको गतिलाई अव कसैले पनि पछाडि फर्काउन सक्दैन,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ । ‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो,’ उनले भनेका छन्, ‘यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ ।’

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव पनि भएको मुख्यमन्त्री कँडेलले बताएका छन् । ‘जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन पनि हो । यस उत्सवमा म पुनः सबैमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register