२३औं गोर्खाकपमा दिनभर मुख्य प्रवेशद्धारमा खटिंदाको अनुभव

तमुधिं यूकेको आयोजनामा मे २५ को सम्पन्न २३ औं गोर्खा कपस्थलको मुख्य प्रवेशद्धारमा टिकेटिङको जिम्मेवारी साउथ इष्ट रिजनल तमुधिं लण्डनले सफलतापूर्वक पूरा गरेको छ। इन्ट्री टिकटिङ कार्यभारको जिम्मा साउथ इष्ट रिजनल तमुधिं लण्डनले लिएकोमा दिनभर कुनै पनि अप्रिय घट्ना नभईकन अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा हामी सबैलाई खुशी लागेको छ । संस्थाका वर्तमान अध्यक्ष शिवराम गुरुङ […]

May 29, 2025 - 16:04
 0
२३औं गोर्खाकपमा दिनभर मुख्य प्रवेशद्धारमा खटिंदाको अनुभव


तमुधिं यूकेको आयोजनामा मे २५ को सम्पन्न २३ औं गोर्खा कपस्थलको मुख्य प्रवेशद्धारमा टिकेटिङको जिम्मेवारी साउथ इष्ट रिजनल तमुधिं लण्डनले सफलतापूर्वक पूरा गरेको छ।

इन्ट्री टिकटिङ कार्यभारको जिम्मा साउथ इष्ट रिजनल तमुधिं लण्डनले लिएकोमा दिनभर कुनै पनि अप्रिय घट्ना नभईकन अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा हामी सबैलाई खुशी लागेको छ ।

संस्थाका वर्तमान अध्यक्ष शिवराम गुरुङ बिईएमले यस जिम्मेवारी पूरा गर्नका लागि खटिने सबै स्वयमसेवकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै हौसला र साथ, समर्थको अपेक्षा राख्नुभएको छ । उहाँले तमुधिं यूकेसंग साउथ इष्ट रिजनल तमुधिं लण्डनको सम्बन्ध र सहकार्य पनि प्रगाढ बन्दै जाने आशा व्यक्त गर्नुभएको छ ।

उक्त दिन बिहान ४ बजे नै स्वयंसेवकहरू दक्षिणपूर्व लन्डनका विभिन्न स्थानबाट कारमा यात्रा आरम्भ गरी ६ बज्नुभन्दा अगावै कार्यक्रम स्थल अल्डरसट क्वीन्स एभिन्यू पुगेका थिए। मौसम अनुकूल भएकाले व्यवस्थापन अझ सहज रूपमा सम्पन्न हुन सक्यो। तमुधीं यूकेका कोषाध्यक्ष आदरणीय अरुण गुरुङबाट आवश्यक टिकट र खुद्रा रकम प्राप्त भएपछि बिहान ६ः४५ बजेबाट टिकटिङ कार्य विधिवत रूपमा शुुरु गरिएको थियो।

संयोजक राम गुरुङज्यूको योजनाबद्ध ब्रिफिङ र व्यवस्थापन (रोटा) प्रणालीका कारण स्वयंसेवकहरूको सिफ्ट परिवर्तन सहज ढंगले सञ्चालन भएको थियो। टिकट वितरण कार्य अत्यन्त पारदर्शी रुपमा सम्पन्न गरियो, जहाँ भिआइपी र अन्य निश्चित अपवादबाहेक सबैले टिकट मार्फत मात्र प्रवेश पाएका थिए। सबै स्वयंसेवकहरू जिम्मेवार, इमान्दार र समर्पित भएर खटिनुभएको थियो ।

साँझ ६ः३० बजेपछि टिकटको हिसाबकिताब शुुरु गरियो। कोषाध्यक्ष दिकपाल गुरुङ, उपाध्यक्ष मीना गुरुङ,सह सचिव सुशील गुरुङ र निवर्तमान आमा प्रमुख बिन्दु गुरुङले उक्त जिम्मेवारी सम्हालेर, संकलित रकम तमुधीं यूकेका कोषाध्यक्ष अरुण गुरुङ र सह–कोषाध्यक्ष प्रेमराज गुरुङलाई, अध्यक्ष शिवराम गुरुङ बिईएम, संयोजक राम गुरुङ ,कोषाध्यक्ष दिकपाल,सह सचिव सुशील गुरुङको संयुक्त उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो । यसपटक संकलित रकम अहिलेसम्मकै सबैभन्दा धेरैे रहेको बताइएको छ। तमुधी यूकेको सह–कोषाध्यक्ष प्रेमराज गुरुङले दक्षिण पुर्व क्षेत्र तमुधिं यूकेले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रम अवधिभर स्वयंसेवकहरूको लागि उपाध्यक्ष मीना गुरुङको नेतृत्वमा दिदिबैनीहरुले तयार पारिएको खाना अत्यन्त स्वादिलो र उपयोगी रह्यो। साथै यस संस्थाका आजिवन सदस्य जीवन गुरुङ र रन्जु गुरुङको तर्फबाट एक बक्स केरा प्रायोजन गर्नुभएको थियो।

कार्यव्यस्तताको बाबजुद पनि १४–१५ घण्टासम्म लगातार टिकेटिङमा संस्थाका अध्यक्ष शिबराम गुरुङ बिईएम र संयोजक राम गुरुङ दुवैजना दिनभर आफै खटेर काम गर्नु भएको थियो र साथमा वहाँका टिममा निवर्तमान अध्यक्ष प्रेम कुमार लामा, पूर्व अध्यक्ष ह्यारी गुरुङ, उपाध्यक्ष तथा आमा प्रमुख मिना गुरुङ,उपाध्यक्ष यम गुरुङ लगायत एघारौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, निवर्तमान उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु गुरुङ, पूर्व उपाध्यक्ष तथा आमा प्रमुखहरुमा कमला गुरुङ, पार्वती गुरुङ, श्री पुम्दिभुम्दि समाजका अध्यक्ष योगेश गुरुङ, डिबीसी यूकेका अध्यक्ष चन्द्र गुरुङ, सोँपाल समाज यूके अध्यक्ष जगदिश गुरुङ लगायत अन्य दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय भूमिका रहेको थियो।

उक्त कार्यक्रमको सम्पूर्ण सफलतामा योगदान पु¥याउनु हुनेमध्ये, साउथइष्ट रिजनल तमुधिं लन्डनकी उपाध्यक्ष मिना गुरुङ दिदीले स्वयंसेवकहरूका लागि खानाको व्यवस्थापन मात्र नभई आउन–जानको लागि बसको समेत व्यवस्था र समन्वय गर्नु भएकोमा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।

उक्त दिनको टिकटिङ कार्यमा व्यवस्थापन क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको र दिनभर कार्यक्रममा खटिनु भएका सम्पूर्ण स्वयंसेवकहरूबाट भएको योगदानको उच्च कदर गर्दै दक्षिण पुर्व क्षेत्र तमुधिं लण्डनप्रति तमुधिं युके परिवार अत्यन्तै आभारी छौँ भन्दै कोषाध्यक्ष अरुण गुरुङद्वारा अन्त्यमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

(लेखक कमल गुरुङ साउथ इष्ट रिजनल तमुधिंका उपाध्यक्ष हुन् ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register