धुलाबारीको खाजा घरमा आगलागी

झापा, १६ जेठ । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी चोकको एक खाजा घरमा गएराति आगलागी भएको छ । धुलाबारीस्थित दिपक निरौलाको आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा अचानक विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट होटलमा रहेको फ्रिज, टिभी, विद्युतीय चुलो र विभिन्न सामानहरु जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले [...] The post धुलाबारीको खाजा घरमा आगलागी appeared first on Jhapa Online.

May 30, 2025 - 04:27
 0
धुलाबारीको खाजा घरमा आगलागी

झापा, १६ जेठ । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी चोकको एक खाजा घरमा गएराति आगलागी भएको छ ।

धुलाबारीस्थित दिपक निरौलाको आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा अचानक विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट होटलमा रहेको फ्रिज, टिभी, विद्युतीय चुलो र विभिन्न सामानहरु जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी, स्थानियवासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा गएराति १०ः३५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । साथै, अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post धुलाबारीको खाजा घरमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register