१३० दिनपछि ट्रम्प सरकारबाट बाहिरिए एलन मस्क 

काठमाडौँ । एलन मस्क ट्रम्प सरकारबाट बाहिरिएका छन् । ट्रम्प प्रशासनमा जोडिएको १३० दिनपछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफू ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीबाट बाहिरिएको घोषणा गरेका हुन् ।  उनले सो जिम्मेवारी दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।  अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अमेरिकी सरकारको फजुल खर्च घटाउने जिम्मेवारीसहित मस्कलाई […]

May 30, 2025 - 08:02
 0
१३० दिनपछि ट्रम्प सरकारबाट बाहिरिए एलन मस्क 

काठमाडौँ । एलन मस्क ट्रम्प सरकारबाट बाहिरिएका छन् । ट्रम्प प्रशासनमा जोडिएको १३० दिनपछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफू ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीबाट बाहिरिएको घोषणा गरेका हुन् । 

उनले सो जिम्मेवारी दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अमेरिकी सरकारको फजुल खर्च घटाउने जिम्मेवारीसहित मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सीको जिम्मा दिएका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कलाई सो जिम्मेवारी २०२५ मे ३० सम्मका लागि मात्र दिइएको थियो । 

आफूलाई दिइएको जिम्मेवारीको म्याद सकिएसँगै आफू ट्रम्प सरकारबाट बाहिरिएको मस्कले बताएका छन् । ट्रम्प सरकारमा रहँदा मस्कले ५६ हजार सरकारी कर्मचारी हटाएका थिए भने ७५ हजार कर्मचारीले स्वेच्छिक अवकाशका लागि बाध्य बनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register